काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अंकले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो ।
आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६.८० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समुहको ३.८६ प्रतिशतले बढेको छ ।
त्यस्तौ आज युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।