सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई भने १०० रुपैयाँमा नै पाँच लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । म्युचुअल फन्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने प्रिमियम १४४ रुपैयाँ थप गरी २४४ रुपैयाँमा आईपीओ बिक्री गरेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपाल लिमिटेडबाट इक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्ने सम्बन्धमाा मध्यम रूपमा सुरक्षित रहेको जनाउँदछ । आर्थिक वर्ष २०७८÷७९ को वास्तविक वित्तीय विवरणअनुसार कम्पनी एक अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित नाफामा रहेको छ । उक्त अवधिसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा रहेको छ ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसा पाउने देखिन्छ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म पहिलो मूल्यरेन्ज दिने गर्दछ ।

प्रकाशित मिति:     ६ भाद्र २०८०, बुधबार  |    Himali Khabar