रु रुको आइपीओ बाँडफँड भयो, नतिजा यसरी हेर्नुस्

रु रुको आइपीओ बाँडफँड भयो, नतिजा यसरी हेर्नुस्

काठमाडौं । रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँटड गरेको हो । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।
रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ । रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

यसमा मागभन्दा ६१.६५ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टर सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति:     ३ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar