नेप्सेले सोमबार ऐतिहासिक रेकर्ड कायम गर्यो

नेप्सेले सोमबार ऐतिहासिक रेकर्ड कायम गर्यो

काठमाडौं। सोमबार नेप्से १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको छ। नेप्सेको इतिहासमा परिसूचक यो विन्दुमा पुगेको पहिलोपटक हो।

नेप्से बढेको दिन २ सय १६ वटा कम्पनीको एक करोड ३६ लाख ३२ हजार कित्ता सेयर ७९ हजार ७३२ पटक खरिद बिक्री हुँदा सात अर्ब ५० करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २५ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै नेपाल बैंकको चार लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९.९६ प्रतिशतका दरले कमाएका छन भने सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४.४१ प्रतिशतका दरले सबैभन्दा धेरै गुमाएका छन्।

प्रकाशित मिति:     ३० चैत्र २०७७, सोमबार  |    Himali Khabar