आगामी बर्ष १५ कम्पनीले साढे ५ अर्वको आईपीओ निष्कासन गर्दै, कुनकुन हुन ती कम्पनीहरु ?

आगामी बर्ष १५ कम्पनीले साढे ५ अर्वको आईपीओ निष्कासन गर्दै, कुनकुन हुन ती कम्पनीहरु ?

काठमाडौं, २७ चैत । आगामी बर्ष २०७८ मा १५ वटा कम्पनीको ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको ५ करोड ५५ लाख ४२ हजार ६ सय ८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ । यी १५ वटै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

१५ वटा कम्पनीमध्ये ११ वटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई वटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् । तीमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युतले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।

त्यस्तै सहास उर्जा कम्पनी, ग्रीन भेन्चर कम्पनी, न्यादी हाइड्रोपावर,बलेफी हाइड्रोपावर, डिस मिडिया नेटवर्क, हिमालयन हाइड्रोपावर, जिवनबिकास लघुबित्त, सयपत्री हाइड्रोपावर, बुद्धभुमि हाइड्रोपावर, मैलुङ खोला हाइड्रोपावर, मनकामना स्माट लघुबित्त, बिन्ध्यबासिनी हाइड्रोपावर र सिइडिबि हाइड्रोपावर कम्पनी रहेका छ्न ।

यी १५ वटै कम्पनीको आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् । पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले भएकाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।

प्रकाशित मिति:     २७ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar