ज्योति लाइफको सेयर कारोबार कतिमा खुल्यो ?

ज्योति लाइफको सेयर कारोबार कतिमा खुल्यो ?

काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार बुधबारबाट सुरु भएको छ । ज्योतिको पहिलो कारोबार तीन सय ६० रुपैयाँमा भएको छ ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । नेप्सेले ज्योतिको पहिलो कारोबारका लागि न्यूनतम एक २० रुपैयाँ २९ पैसादेखि अधिकतम तीन सय ६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको थियो । बुधबार ज्योति लाइफको सेयर कारोबार सोही सीमाको उच्चतम विन्दुबाट सुरु भएको हो ।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar