स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा चयन

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा चयन

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् । शनिबार सम्पन्न २८ औँ वार्षिक सधारण सभाबाट सापकोटा अध्यक्ष चयन भएका हुन् ।

सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक हुन् । उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिद्र ढकाल, सचिवमा सुयोग अधिकारी र कोषध्यक्षमा मदन पौडेल चयन भएका छन् ।

सदस्यहरूमा मित्रलाल श्रेष्ठ, प्रज्वल उप्रेति र प्रियान्सु अग्रवाल र विशाल कुमार अग्रवाल चयन भएका छन् ।

प्रकाशित मिति:     २४ पुष २०७९, आईतवार  |    Himali Khabar