शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

काठमाडौं, १९ चैत । बिहीबार शेयर बजार परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा पुगेको छ । बजार बढेको आजको दिन कारोबार पनि २१८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको भएको छ।

आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। यस कम्पनीको २९ करोड ५६ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। त्यस्तै सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ । अन्य सात कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत माथिको बृद्धि छ ।

कारोबारमा आएका १३ समूह मध्ये ४ वटा समूहमा गिरावट आएपनि अरु सबै बढेको छ ।

प्रकाशित मिति:     १९ चैत्र २०७७, बिहीबार  |    Himali Khabar