पूँजी बजारको विकासका लागि पहिले भन्दा राम्रो गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

पूँजी बजारको विकासका लागि पहिले भन्दा राम्रो गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसंग भेट गरेका छन् । भेटमा अर्थमन्त्री पौडेलले पूँजी बजारको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट बिगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको अध्यक्ष राधा पोखरेलले जानकारी दिनुभयो ।

अर्थतन्त्र संकटग्रस्त अवस्थामा गुज्रिएको बेला देशले बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई फेरी पाएको अबस्थामा लगानीकर्ताहरु उत्साही भएको भन्दै बधाई एवम् सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलको कार्यकाल २०७२/७४ मा नेपालको इतिहासमा पूँजीबजारले रेकर्ड ब्रेक गर्न सफल भएको र आज समग्र देशको र लगानीकर्ताको आशा पलाएको पनि अध्यक्ष पोखरेलले बताउनुभयो । यो कार्यकालमा पनि पूँजीबजारले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:     १२ पुष २०७९, मंगलवार  |    Himali Khabar