ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट ?

ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट  ?

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । आज इन्स्योरेन्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जनाको हात खाली भएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र सेयर पाएका हुन् ।

लागनीकर्ताहरुले रिजल्ट निष्काशन गर्ने कम्पनी अर्थात ज्योति लाइफ, बिक्री प्रबन्धक र सीडीएससीको बेवसाइट र मेरो शेयर मोबाइल एप मार्फत हेर्न सक्ने छन् ।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar