सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

सारथी लघुवित्तको बुकक्लोज चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म

काठमाडौं, ११ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपीओ निष्कापन गर्ने प्रस्ताव पारित गर्दैछ।

लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट मर्जरपश्चात हाल कायम चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ। यसका साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १९ गतेदेखि बैशाख ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar