सिंगटी हाइड्रोमा मागभन्दा ७ गुणा बढी आवेदन

सिंगटी हाइड्रोमा मागभन्दा ७ गुणा बढी आवेदन

काठमाडौं, १० चैत । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार कार्यालय समयसम्म १२ लाख २२ हजार ८सय ३२ आवेदकले १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारको लागि छुट्याइएको कुल कित्तालाई आधार मान्दा ७ गुणा बढी आवेदन हो ।

सिंगटीले चैत ६ गतेबाट १ सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा आजसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar