चन्द्रागिरी हिल्सको सेयर मूल्य १५ सय भन्दा माथि

चन्द्रागिरी हिल्सको सेयर मूल्य १५ सय भन्दा माथि

काठमाडौं, ९ चैत । चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य सोमवार पनि उच्च दरमा बढेर प्रतिकित्ता १ हजार ५६३ पुगेको छ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयरमूल्य शुरुवातदेखि नै उच्च दरमा बढ्दै आएको छ ।

सोमबार कम्पनीको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता १४२ ले बढेको हो ।

गत माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar