निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर ५ सय ५० मा लिलामी बिक्री खुला

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर ५ सय ५० मा लिलामी बिक्री खुला

काठमाडौं, ९ चैत । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा विक्री गर्ने भएको छ ।

लघुवितले चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।
उक्त खरीद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar