जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने

जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने

काठमाडौं, ७ चैत । जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले सेयर निष्कासन तथाबिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालयभई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासनगरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

प्रकाशित मिति:     ७ चैत्र २०७७, शनिबार  |    Himali Khabar