वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

काठमाडौं,५ चैत । चौधरी ग्रुपले प्रबर्द्धन गरेको वाइवाइ चाउचाउको सेयर अब सर्वसाधारणलाई पनि जारी गरिने भएको छ । ग्रुपका अध्यक्ष बिनोद चौधरीले अब छिट्टै वाइवाइ चाउचाउ र नेपाल आइसको सेयर सर्वसाधारणमा जारी गर्ने जानकारी दिएका हुन ।

केहिदिन अघि फाइन प्रिन्टले आयोजना गरेको एक कार्यक्रममा उनले चौधरी ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरुको सेयर सर्वसाधारणको हातमा छिट्टै पुग्ने बताए ।

चौधरी ग्रुपको कुनै पनि कम्पनीमा सर्वसाधारण जादा कसैको एक पैसा पनि नडुबेकाे उनको दाबी छ। यस ग्रुपद्वारा प्रवर्द्धित नबिल बैंक, युनाईटेड इन्स्योरेन्स र युनाईटेड फाइनान्सले राम्रो मुनाफा दिइरहेको उनले बताए ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar