ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ कारोबार ?

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ कारोबार ?

काठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ १ पैसाभित्र रहेर हुनेछ ।

जीएलएच संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीनलाइफको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ८० कित्ता सेयर सूचीकरण गरिएको हो ।

प्रकाशित मिति:     २ चैत्र २०७७, सोमबार  |    Himali Khabar