शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं, २८ फागुन । अमेरिकी अर्बपति वारेन बफेट पहिलोपटक एक सय अर्ब अमेरिकी डलर क्लबमा सामेल भएका छन् । अहिले उनको खुद सम्पत्ति एक सय अर्ब अमेरिकी डलर पुगेको छ ।

उनी सहित यो क्वलमा यसअघि नै एलोन मस्क, जेफ बेजोस र बिल गेट्स पुगिसकेका छन् । बफेट बर्कशायर ह्याथवेका अध्यक्ष समेत हुन् । उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्तामध्ये एक मानिन्छ । उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्सप्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फुड्स जस्ता ठूला धेरै कम्पनीमा लगानी गरेका छन् ।

विश्वको सबैभन्दा सफल लगानीकर्ताको रूपमा सम्मानित उनले आफ्नो अर्बौं सम्पत्ति दानमा समेत दिएका छन् ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar