सुनको मूलय ८८ हजार ७ सयमा झर्यो

सुनको मूलय ८८ हजार ७ सयमा झर्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। बुधबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार छापावालको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तेजाबी सुनको प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ। चाँदीको मूल्य भने बुधबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ। बुधबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज ११ सय २० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar