एक लाख चिनी मौज्दात, अभाब भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह

एक लाख चिनी मौज्दात, अभाब भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह

काठमाडौं । सरकार र उद्योगी व्यापारीहरूले बजारमा पर्याप्त चिनी मौज्दात रहेको जानकारी दिएका छन् । बजारमा चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्नसमेत आमउपभोक्तालाई आग्रह गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण
विभागले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार अनुुगमन र सरोकारवालाको भूमिका’ विषयक छलफलमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो जानकारी गराए । उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा हाल लगभग एक लाख मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी दिए । नेपालको वार्षिक दुुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा अझै एक लाख चिनी मौज्दात रहेको छ ।

सचिव भट्टराईका अनुसार नेपालमा वार्षिक उपभोगका लागि एक लाख मेट्रिक टन खपत हुने गरेको छ भने बाँकी डेढ लाख मेट्रिक टन अन्य व्यवसायी प्रयोजनका लागि खपत हुन्छ । अघिल्लो आर्थिक वर्ष दुुई लाख १२ हजार मेट्रिक टन चिनी आर्यात भएको थियो भने सो अवधिमा स्वदेशी उद्योगीले उत्पादन गरेकोसमेत गरी तीन लाख ५७ हजार मेट्रिक टन चिनी रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar