आफ्नो शपबाट आईफोन बेच्ने निर्णयबाट पछि हट्यो एलजी

आफ्नो शपबाट आईफोन बेच्ने निर्णयबाट पछि हट्यो एलजी

एजेन्सी। एलजीले दक्षिण कोरियामा रहेका आफ्ना बेस्ट शपमार्फत एप्पलको उत्पादन आईफोन बेच्ने भनी गरेको घोषणाबाट तत्कालका लागि पछि हटेको छ।

एलजीको आईफोन बेच्ने निर्णयविरुद्ध कोरियाका साना तथा मझौला आकारका व्यवसाय तथा सामसङले समेत उक्त निर्णयको विरोध गरेपछि कम्पनीले तत्कालका लागि यसबाट पछि सरेको हो। दक्षिण कोरियामा एलजीका कम्तीमा पनि ४०० शपहरु रहेका छन्।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar