८६ लाख पर्ने बाइक नेपाल भित्रियो, के के छन् विशेषता ?

८६ लाख पर्ने बाइक नेपाल भित्रियो, के के छन् विशेषता ?

काठमाडौं । विश्वभर ३ सय युनिट मात्रै उत्पादन भएको विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल नेपाल भित्रिएको छ । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक एसजे मोटोले नेपाली बजारमा अनावरण गरेको हो । यो बाइकलाई एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले नेपालमा ल्याएका हुन ।

एमभी अगस्टाको नियो रेट्रो रेसरको एक विशेष संस्करण नै सुपरभेलोस सिरी ओरोलाई मानिन्छ । आकर्षक लुक्स र पावर नै यो बाइकको मुख्य बिशेषता हो । खासगरी यो बाइकको अगाडिको डिजाइनले नै बाइक पारखिको मन लोभ्याउछ । एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन रहेका छ जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त मानिन्छ ।

यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्याल्यु पहिचान गर्ने सबै फिचर उपलब्ध रहेका छन् । सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर पावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar