सामसुङको ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

सामसुङको ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।


यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा गर्न सक्दछ । यसमा ९० हर्ज रिफ्रेस रेट को साथ ६.४ इन्चको एफएचडी सुपर एमोलेड छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्छ ।

यसको स्क्रीन ब्राइटनेस ८०० एनआईटीएसले ग्यालेक्सी एम ३२लाई अझै शक्तिसाली एवम् ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यसअघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन् । ‘हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेका छौं । ६००० एमएएच ब्याट्री तथा भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ । यसको उत्कृष्ट क्यामराले फोटो तथा भिडियोहरु उच्चस्तरीय खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएका थुप्रै विशेषताहरुले यो डिभाइस आजका युवा एवम् जेनजीहरु माझ अझै लोकप्रिय हुने छ र सोसल मिडिया इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

नयाँ ग्यालेक्सी एम ३२मा ६.४ इन्चको एफएचडी सुपर एमोलेड इन्फीनिटी स्क्रीन रहेको छ । ९० हर्ज रिफ्रिस रेटको साथ यसमा भएको एफएचडी सुपर एमोलेड इन्फीनिटी स्क्रीनले मोसन ब्लरलाई अझै कम गर्न सहयोग दिन्छ । यस फोनमा अनलिमिटेड कन्टेन्ट स्ट्रिमिङ, भिडियो कल तथा अनलाइन कोर्षहरु लिन थप सहजता प्राप्त हुन्छ । यो समूहमा उच्च ब्राइटनेस यस फोनमा रहेको छ । ८०० एनआईटीएसको मोडले चमकिलो सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्याबलोकनको अनुभव प्रदान गर्दछ ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar