पर्याप्त उत्पादन नहुँदा कुखुराको मासु महंगियो, केजीकै पुग्यो ३५० रुपैयाँ

पर्याप्त उत्पादन नहुँदा कुखुराको मासु महंगियो, केजीकै पुग्यो ३५० रुपैयाँ

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै माग बढ्दै गएपछि पर्याप्त मात्रामा कुखुराको उत्पादन हुन नसक्दा बजारमा मासुको मूल्य फेरि बढ्न थालेको छ ।

मंगबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ । नयाँ मूल्य अनुसार जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ भएको छ । तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ कायम भएको छ ।

नयाँ लटका कुखुराहरु उत्पादन नभएपछि कुखुराको मासुको मूल्य बढ्ने क्रममा नै रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका सचिव देव गिरीले बताए । गत बैशाखदेखि जारी भएको निषेधाज्ञाका कारण माग नबढ्ने आँकलन गर्दै कुखुरा पालक किसान तथा पोल्ट्री संघहरुले उत्पादन रोकेका थिए ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar