११ महिनामा नेपालीले नुहाउन १ खर्बको शैम्पु उपयोग

११ महिनामा नेपालीले नुहाउन १ खर्बको शैम्पु उपयोग

काठमाडौं। ११ महिनामा नेपालमा एक खर्ब १६ करोड २५ लाख १७ हजार रुपैयाँको शैम्पु भित्रिएको छ। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा उक्त रुपैयाँको शैम्पु नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सो मूल्यमा एक करोड एक लाख ६६ हजार ३७४ लिटर शैम्पु नेपाल भित्रिएको हो। २०७७ साउनदेखि २०७८ जेठसम्मको अवधिमा उक्त मात्रामा शैम्पु नेपाले आयात गरेको हो।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar