जिपको नयाँ कम्पास नेपालमा सार्वजनिक, मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजारसम्म

जिपको नयाँ कम्पास नेपालमा सार्वजनिक, मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजारसम्म

काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नयाँ कम्पास सार्वजनिक गरेको छ । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर राखिएको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध छ ।

नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको कम्पनीले जनाएको छ । नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क पनि रहेको छ ।

इन्टेरियरमा भने व्यापक परिवतन गरिएको छ । नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्विल रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar