एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला

विराटनगर । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो ।

बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै रहनेछ । विभागको सूचना अनुसार ३१ डिसेम्बरसम्म मात्रै आयात खुला गरिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई राहत मिलेको विराटनगरका उद्योगी विपिन काबराले बताए । भारतले आयात खुला गरे पनि नेपालबाट निकासी शुरु गर्न केही दिन लाग्ने उनले बताए ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar