होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र

होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र

काठमाडौं। काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइन सेवाहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएका छन्।

काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि लागू हुनेगरी आज जारी गरेको निषेधाज्ञामा भनिएको छ, “अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साझा ७ बजेसम्म सञ्चालन गर्ने।”

प्रशासनले भोलीदेखि ७ दिनका लागि निषेधाज्ञा थप गरेको छ ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar