किराना र खाद्यन्न पसल दिनभर खोल्न पाइने

किराना र खाद्यन्न पसल दिनभर खोल्न पाइने

काठमाडौं । मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर खोल्न पाइने भएको छ। यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar