सीताराम मिल्क्सको बम्पर उपहार योजना, टिभी र वाशिङ्ग मेसिनदेखि रेफ्रीजिरेटर र हिटरसम्म जित्ने मौका

सीताराम मिल्क्सको बम्पर उपहार योजना, टिभी र वाशिङ्ग मेसिनदेखि रेफ्रीजिरेटर र हिटरसम्म जित्ने मौका

काठमाडौं । नेपालको पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौं प्रा। लि। ले ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ ।

‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।

दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुने योजनाको बम्पर उपहारमा ३ जनाले ‘हाइसेन’ ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि।भी र वाशिङ्ग मेसिन पाउँनेछन् । भने, अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् ।

प्रकाशित मिति:     २४ आश्विन २०८०, बुधबार  |    Himali Khabar