अलिबाबाले स्वीकार्यो चिनियाँ नियामकले लगाएको जरिवाना

अलिबाबाले स्वीकार्यो चिनियाँ नियामकले लगाएको जरिवाना

काठमाडौं । अनलाइन कम्पनी अलिबाबाले चीनको एकाधिकार विरोधी नियामकले लगाएको जरिवाना स्वीकार गरेको छ । नियामकले गरेको अनुसन्धानका क्रममा कम्पनीले वर्षौसम्म बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको पाएको बताएको थियो।

अनुसन्धानपछि अलिबाबालाई २ अर्ब ८० करोड डलर जरिवाना लगाउने निर्णय नियामकले गरेका थिए।अलिबाबाले सोमवार जरिवाना स्वीकार गर्ने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्।

यो रकम सन् २०१९ मा घरेलु बजारमा कम्पनीको आम्दानीको अनुपातमा ४ प्रतिशत हो।

प्रकाशित मिति:     ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar