सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन बङ्गलादेशलाई सरकारको पत्र

सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन बङ्गलादेशलाई सरकारको पत्र

काठमाडौं, १७ चैत । सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो ।

नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार–सरकार) सम्झौताको आधारमा यसअघि २२ हजार पाँच सय मेट्रिक टन रासायनिक मल बुझिसकेको छ । त्यसमध्ये १० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने बाँकी कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेको केन्द्र जनाएको छ ।

बङ्लादेशले नेपाललाई कुल ५० हजार युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

प्रकाशित मिति:     १७ चैत्र २०७७, मंगलवार  |    Himali Khabar