सुनको मूल्य तोलाको १ लाख

सुनको मूल्य तोलाको १ लाख

काठमाडौं। साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख रुपैयाँ निर्धारण गरिएको छ। सोमबार तोलाको १ लाख २०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने आइतबार १ लाख ५०० रुपैयाँ थियो। आइतबारका तुलनामा मंगलबार तोलामा ५०० रुपैयाँ घटेको छ।

सुनको मूल्य ६ महिनापछि गत सातादेखि फेरि एक लाख पुगेको हो। मंगलबार चाँदीको मूल्य भने १३ सय ९० रुपैयाँ प्रतितोलामा स्थिर छ।

प्रकाशित मिति:     २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar