नेप्सेको प्रमुख कार्यकारी नियुक्ति प्रकृया सुरु, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

नेप्सेको प्रमुख कार्यकारी नियुक्ति प्रकृया सुरु, इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। तालुकवाला मन्त्रालय अर्थले गठन गरेको सिफारिस समीतिले नियुक्ति प्रकृया अगाडि बढाएको हो।

सेयर बिबादमा तानिए‍पछि चन्द्रसिंह साउदले राजीनामा गरेकाले प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ। सर्बोत्तम सिमेन्टको सेयर बिबादमा तानिएकै कारण सरकारले धितोपत्र बोर्डबाट भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्ति प्रकृया थालिसकेको छ।

प्रमुख कार्यकारीका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। ब्यवस्थापन,कानुन, चार्टर्ड एकाउन्टेन्टलगायतमा स्नातकोत्तर गरेको हुनु पर्ने छ। पाँच बर्षको अनुभव अनिवार्य गरिएको छ। ३० बर्ष पुरा भइ ६० ननाघेको हनु पर्ने छ ।

प्रकाशित मिति:     १३ कार्तिक २०७८, शनिबार  |    Himali Khabar