सनराइज ब्लूचिप फण्डको चैत १ देखि विक्री खुला हुँदै

सनराइज ब्लूचिप फण्डको चैत १ देखि विक्री खुला हुँदै

काठमाडौं, १९ फागुन । सनराइज ब्लूचिप फण्डको इकाई चैत १ देखि निष्कासन तथा विक्री खुला हुने भएको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डले प्रतिइकाई १० अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।

कुल इकाईमध्ये कोष प्रवर्द्धकको रुपमा रहेको सनराइज बैंकलाई कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।

यो इकाई छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म सार्वजनिक निष्कासनमा जानकारी दिइएको छ । कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो । इकाई विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति:     १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar