सामलिङ पावरले कात्ति ४ देखि आइपीओ जारी गर्ने

सामलिङ पावरले कात्ति ४ देखि आइपीओ जारी गर्ने

काठमाडौं । सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ ।

६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     ३१ आश्विन २०७८, आईतवार  |    Himali Khabar