सुनको मूल्य एकैदि ९ सय बढ्यो

सुनको मूल्य एकैदि ९ सय बढ्यो

काठमाडौं, ६ असोज । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार १ सय रूपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रूपैयाँ कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रूपैयाँले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला १ हजार १४० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar