साहस उर्जाको आइपीओ खुला

साहस उर्जाको आइपीओ खुला

काठमाडौं । साहस उर्जाले आज असोज ६ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत म्युचुअल फन्ड र ३ प्रतिशत कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar