धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वको जिम्मेवारी निरज गिरीलाई

धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वको जिम्मेवारी निरज गिरीलाई

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई दिइएको छ । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा भदौ १६ गते बसेको मन्त्री परिषद्को बैठकले ढुंगानालाई पदबाट निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:     २९ भाद्र २०७८, मंगलवार  |    Himali Khabar