आइतबार हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन १० प्रतिशतले मूल्य बढेका कम्पनीहरु

आइतबार हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन १० प्रतिशतले मूल्य बढेका कम्पनीहरु

काठमाडौं । आइतबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आइतबार सेयर बजारमा उच्च वृद्धिहुँदा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहमा हरियाली देखिएको छ ।

नेप्से ७१.४३ अंकको वृद्धि भई २९४७.४२ विन्दुमा पुगेको छ । कारोबार २३१ कम्पनीको ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ।

आइतबार सबैभन्दा धेरै कमाउनेमा भने नेशनल हाइड्रोपावर , राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, अपी पावर, अरुण कावेली पावर, पाँचथर पावर, लिवर्टी इन्र्जी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लागनीका हुन । यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar