सुनको मूल्य तोलाको ९० हजार ३ सय कायम

सुनको मूल्य तोलाको ९० हजार ३ सय कायम

काठमाडौं । सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यो दरअनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar