सेयर बजार ६० अंकले घटेका दिन यी हुन सबैभन्दा धेरै कमाउने र गुमाउने लगानीकर्ता

सेयर बजार ६० अंकले घटेका दिन यी हुन सबैभन्दा धेरै कमाउने र गुमाउने लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६० अंकले घटेको छ। परिसूचक २८७६ विन्दुमा झरेको छ।

कारोबार पनि ६ अर्ब ६४ करोड रुपैयाँ बराबर भएको छ । बजार घटेको दिन सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै एक्सेल डेभलपमेन्ट बैंक र रैरुङ जलविद्युतको ८ प्रतिशतले मूल्य बढेको छ।

यस्तै गुमाउँनेमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका लगानीकर्ता छन् । यसको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar