काठमाडौं । सेयर बजारमा सोमबार १६१ अंकले बढेर २९८० को विन्दुमा चढेको छ।
हिजो १ सय भन्दा बढी अंकले घटेको थियो ।
आज बजार बढेको दिन ४५ वटा कम्पनीको शेयर मूल्यमा निकै उछाल आएको छ। ४५ वटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
नेशनल हाइड्रोपावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट, एक्सल डेभलपमेन्ट बैंक, नेपाल दूरसंचार कम्पनी, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, ज्योती विकास बैंक, कर्णाली विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा, साग्रिला, साइरेसुङगा, मुक्तिनाथ, सिन्धु विकास बैंक लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।