स्मार्टफोन कम्पनी साओमीले अब विद्युतीय कार पनि उत्पादन गर्ने

स्मार्टफोन कम्पनी साओमीले अब विद्युतीय कार पनि उत्पादन गर्ने

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले अब विद्युतीय कार समेत उत्पादन गर्ने भएको छ । साओमिले यसअघि स्कुटरको उत्पादन पनि गरिसकेको छ । साओमीले अटोनोमस ड्राइभिङ टेक्नोलोजी स्टार्टअप डिप मोसन कारलाई ७७।४ मिलियन डलरमा अधिग्रहण गर्नेछ । साओमिले शुरुमा १० अर्ब युआनको लगानी गर्नेछ ।

डिपमोशन अधिग्रहण पश्चात् कम्पनीले ड्राइभर असिस्टेन्स सफ्टवेयर बनाउनेछ । साओमिका सीइओ एवम् सहसंस्थापक लेइ चुनले यो योजनाको प्रतिनिधित्व गर्नेछन् । विद्युतीय कार निर्माण व्यवसायका लागि साओमीले ५०० इन्जिनियर नियुक्तिको काम पनि शुरु गरिसकेको छ ।

मार्चमा आएको एउटा रिपोर्टलाई आधार मान्दा साओमीले आफ्नो पहिलो विद्युतीय कार २०२३ सम्ममा बजारमा ल्याउने योजना कम्पनीको छ । कारलाई कम्पनीका अरु उत्पादनसँग कनेक्ट गर्ने सुविधा समेत साओमीले दिनसक्ने आँकलन गरिएको छ ।

साओमी सस्तो र आकर्षक स्मार्टफोनका लागि प्रसिद्ध छ । यसै आधारमा साओमीको कारलाई पनि सस्तो र आकर्षक सुविधासहितको हुने आँकलन गरिएको छ ।

साओमीले ब्ल्याक सेसम टेक्नोलोजीमा पनि लगानी गर्ने योजना बनाइरहेको छ । यो एउटा स्टार्टअप हो जसले कारमा एआई चिप्स र सिस्टम डेभलप ९विकास० गर्छ ।

विद्युतीय कार निर्माण क्षेत्रमा साओमीको आगमनले विद्युतीय कार निर्माण गरिरहेका महिन्द्रा, टाटा, किया जस्ता कम्पनीलाई सस्तो र आकर्षक कार निर्माण गर्नुपर्ने चुनौती थपिएको छ ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar