काठमाडौं । जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्। १ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले पाएका थिए।
बिहीबारसम्म यो कम्पनीको शेयर प्रतिकित्ता ५१ सय ९८ रुपैयाँ पुगेको छ । यसआधारमा १० कित्ता मात्र सेयर हात पार्नेले ५१ हजार ९ सय ८० रुपैयाँ कमाएका छन् । बिहीबार यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो सेयरमा आएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।
असार ११ गते कम्पनीको आइपिओ खुलेको थियो भने २३ गते बाँडफाँड गरिएको थियो।