ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरीद-बिक्री प्रकरण मुछिएपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले हिजो पदबाट राजीनामा दिए । त्यसको अघिल्लो दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए ।

सर्वसाधारणलाई सेयर जारी गर्नु पूर्व नै मिलेमतोमा नियामक निकायका अधिकारीहरूले स्वार्थ बाझिने गरी र गैरकानूनी रूपमा ढकाल, साउद र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफन्तको नाममा पदिय मर्यादा बिपरित सर्वोत्तम सिमेन्टको सेयर किनेको आरोप लागेको छ । त्यसपछि अर्थमन्त्रालयले ढुंगाना र साउदसंग स्पष्टीकरण समेत सोधेको थियो ।

नेप्सेका सीईओले पदबाट राजीनामा दिएको र ढकालले पनि अर्को प्रतिनिधि पठाउन अध्यक्षलाई भनेपछि यसले बोर्ड अध्यक्ष ढुंगानालाई थप दबाब सिर्जना गरेको छ । धेरैले बोर्ड अध्यक्ष ढुंगानाले पनि अब पदबाट राजीनामा दिने आँकलन गरेका छन् । तर ढुंगाना भने राजीनामा दिने सोचमा छैन् । उनी निकटका अनुसार उनी राजीनामा नदिने मनसायका साथ सरकारले लिने निर्णयको प्रतीक्षामा छन् ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar