कठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।
आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिए ।
सर्वोत्तम सिमेन्टको शेयर वरिष्ठ उपाध्यक्ष ढकालको भाइको नाममा समेत छ । ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवाद समेत भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।