तेह्रथुम पावरको आइपीओ बिक्री खुला

तेह्रथुम पावरको आइपीओ बिक्री खुला

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत म्युचुअल फन्डलाई र २ प्रतिशत कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सकिन्छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar