काठमाडौं । मंगलबार शेयर बजार ५६.०३ अंकले घटेको छ । तर कारोबार भने १६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको भएको छ ।
फाइनान्स र निर्जीवन बिमा समूह बढेको छ । बाँकी समूह घटेका छन् । विशेषगरी हाइड्रोपावर कम्पनीहरुको भाउ घटेको छ । विकास बैंक, इन्भेष्टमेन्ट लगायतका समूहमा पनि ह्रास आएको छ ।
हाइड्रोपावरको सेयर केही महिनादेखि लगातारजसो बढिरहेको थियो । यसरी निरन्तर बढ्दा भाउ निकै माथि पुगेको थियो । बियरिस बजारमा अधिकांश हाइड्रोपावरको भाउ १०० रुपैयाँभन्दा तल थियो ।