आयल निगमलाई १५ दिनमा १ अर्ब १५ करोड नोक्सानी

आयल निगमलाई १५ दिनमा १ अर्ब १५ करोड नोक्सानी

काठमाडौं । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा १ अर्ब १५ करोड रुपैयाँ नोक्सानी छ। इन्डियन आयल कर्पोरेशनले अगस्ट १५ मा पठाएको मूल्य अनुसार निगमको नोक्सानी केही घटेको हो।

अगस्ट १ को मूल्य अनुसार १५ दिनमा निगमलाई १ अर्ब २२ करोड रुपैयाँ नोक्सानी छ। निगमलाई पेट्रोलमा १० रुपैयाँ ६ पैसा घाटा छ। पेट्रोलमा मात्रै निगमलाई २३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar